राजनीति


मिर्गौला प्रत्यारोपणका लागि विदेश जानु मेरो रहर होइन, बाध्यता हो : प्रधानमन्त्री

मिर्गौला प्रत्यारोपणका लागि विदेश जानु मेरो रहर होइन, बाध्यता हो : प्रधानमन्त्री

नेपालखबर
फागुन २७, २०७७ बिहिबार ६:१३,

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू रहरले नभई बाध्यताका कारण मिर्गौला प्रत्यारोपणका लागि विदेश गएको बताएका छन्।

विश्व मिगौला दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित प्रभावफेरीमा प्रधानमन्त्री ओलीले नेपालमा सुविधा नभएका कारण आफू मिर्गौला प्रत्यारोपणका लागि विदेश गएको बताएका हुन्।

‘केही मानिसहरुले उपचारका लागि बाहिर गयो भनेर मेरो आलोचना गरिरहेका छन्’, उनले भने, ‘म रहरले वा बाहिर पैसा बुझाउनका लागि गएको थिइनँ, यहाँ सुविधा नभएका कारण बाहिर गएको हुँ।’

प्रधानमन्त्री ओलीले पहिलोपटक विदेशमा मिर्गौला प्रत्यारोपण गरेका थिए भने दोस्रोपटक नेपालमै त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका थिए।

दुईपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले नेपालमै मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा प्रारम्भ गर्न लागिएको जानकारी दिए। उनले मिर्गौलासम्बनधी रोग जोसुकैलाई पनि हुन सक्ने भन्दै सजक हुन आग्रह समेत गरे।

‘मिर्गौलालाई रोगहरुबाट कसरी बचाउन सकिन्छ र रोग लागिहालेमा प्रत्यारोपणसहितको सम्पूर्ण उपचार सेवा स्वदेशमै कसरी उपलब्ध गराउने भन्ने विषयमा सरकाको ध्यान केन्द्रित भएको छ’, उनले भने, ‘‘उपचार, प्राथमिक परीक्षण, प्रयोगशाला र विशेषज्ञ चिकित्सकका लागि धेरै टाढा जान नपरोस् भन्ने हाम्रो कुरा हो।’

आज नेपालसहित विश्वभर ‘मिर्गौला रोगको साथमा स्वस्थ्य जीवन’ भन्ने नाराका साथ मिगौला दिवस मनाइँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad