नेकपा (माओवादी केन्द्र)ले पनि जिल्ला कार्यालय स्थापना गर्न थालेको छ।
शालिकराम जमरकट्टेल नेतृत्वको टोलीले धादिङ जिल्लामा कार्यालय स्थापना गरेको हो।
सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी केन्द्र एकीकरण भएको नेकपालाई मान्यता नदिएर पुर्ववत अवस्थामा फर्काइदिएपछि देशभर आ–आफ्ना कार्यालय स्थापना गर्ने क्रम जारी छ।
माओवादी केन्द्रले केन्द्रीय कार्यालय पेरिसडाँडाको बोर्ड समेत परिवर्तन गरेर नेकपा माओवादी केन्द्रकै नामको नयाँ बोर्ड राखेको छ ।
3
Shares

प्रतिक्रिया