राजनीति


माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा बस्दै

माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा बस्दै

नेपालखबर
फागुन २६, २०७७ बुधबार ४:२९,

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक आज पनि बस्दै छ। बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने नेता मातृका यादवले जानकारी दिए।

‘आजको बैठक हिजोकै निरन्तरता हो। बैठकमा पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल हुन्छ,’ यादवले नेपालखबरसँग भने।

आजको बैठकमा सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समीकरण लगायतका विषयमा छलफल हुने माओवादी स्रोतले जनाएको छ।

माओवादीले नेपाली कांग्रेस र जसपासँग सत्ता समिकरणको प्रयास गरिरहेको छ। यस विषयमा अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईसँग छलफल गरिसकेका छन्।

जसपाले भने पुनस्र्थापित एमाले वा माओवादी केन्द्र-कांग्रेस कोसँग सत्ता सहकार्य गर्ने निर्णय गरि सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad