राजनीति


प्रचण्ड–नेपाल समूहले बोलायो संसदीय दलको बैठक

प्रचण्ड–नेपाल समूहले बोलायो संसदीय दलको बैठक

नेपालखबर
फागुन २१, २०७७ शुक्रबार ५:५५,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संसदीय दलको बैठक बोलाएको छ।

नेकपाले शुक्रबार दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाएको हो।

प्रचण्ड–नेपाल पक्षले २३ गतेदेखि सुरु हुने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको एक सांसदले जनाकारी दिए।

 ओली समूहले संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई कारबाही गरी उनको ठाउँमा विशाल भट्टराईलाई प्रमुख सचेतक बनाएको छ भने प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाइसकेको छ। त्यस्तै दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरी लगायतलाई कारबाही गरिसकेको छ।

यस्तै प्रमुख प्रतिपक्षी दल कांग्रेसको संसदीय दलको बैठक पनि आजै बस्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .