सुनसरीमा कोशी नदीले बगाएका एक माझीको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
मंगलबार सुनसरीको बराहक्षेत्र नगरपालिका–७, सिसौली घाटस्थित कोशी नदीले बगाएका मोरङको कानेपोखरी गाँउपालिका ४ बस्ने ४० वर्षीय दुर्गा माझीलाई एपीएफ टोलीले सकुशल उद्धार गरेको हो।
नम्बर ४ गण सुनसरीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित खटिएको एपीएफ टोलीले उनको तत्कालै उद्धार गरेको हो।
माझी जातिको महान् चाड कोशी पूजाको लागि कोशी नदीमा पौडिएर घाटमा जाने क्रममा उनलाई नदीले बगाएको थियो।
सोही स्थानमा ड्यूटीमा परिचालित एपीएफ टोलीले उनलाई बगेको देख्नेबित्तिकै तत्कालै गएर सो घाटभन्दा करिब पाँच सय मिटर तलबाट सकुशल उद्धार गरेको एपीएफले जनाएको छ।
प्रतिक्रिया