त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित एक जना पक्राउ परेका छन्।
हिमालय एयरलाइन्सको उडानमा सोमबार राति साउदीको रियादबाट आएका स्याङजाको चापाकोट नगरपालिका–६ का ४२ वर्षीय नगेन्द्र कुमार रानालाई प्रहरीले सुनसहित पक्राउ गरेको हो।
प्रहरीले रानालाई ३ थान बाला र २ थान औंठीसमेत गरी १६० ग्राम सुनजस्तो देखिने पहेंलो धातुसहित विमानस्थल पार्किङ एरियाबाट पक्राउ गरेको हो।
प्रहरीले रानाले अवैध रुपमा उक्त परिणाममा सुन ल्याएको जनाएको छ।
पक्राउ परेका रानालाई बारमद गरिएको सुनसहित आवश्यक अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालय गौचरमा बुझाइने अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
3
Shares

प्रतिक्रिया