ad ad

राजनीति


राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेका लागि संसद् अधिवेशन आह्‍वान

राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेका लागि संसद् अधिवेशन आह्‍वान

नेपालखबर
फागुन १७, २०७७ सोमबार ७:४३,

राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेलाई संसद् अधिवेशन आह्वान गरेकी छन्।

मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले २३ गते ४ बजेका लागि संसद् बैठक आह्वान गरेकी हुन्।

सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

राष्ट्रपति कार्यालयले सोमबार मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सिफारिस पत्र पेस भएको र सोही बमोजिम संसद् बैठक आह्वान गरिएको जनाएको छ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७/११/१७ को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७७ साल फागुन २३ गते आइतबारका दिन १६ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नुभएको छ’, राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गरेको प्रतिनिधि सभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले फागुन ११ बदर गर्दै प्रतिनिधि सभा पुनर्स्थापना गरेको थियो।

सर्वोच्चले १३ दिनभित्र संसद् बैठक बोलाउन राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका नाममा परमादेश जारी गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .