ad ad

राजनीति


राजनीतिक दलको विवादले संसदीय प्रक्रिया रोकिँदैन : सभामुख सापकोटा

राजनीतिक दलको विवादले संसदीय प्रक्रिया रोकिँदैन : सभामुख सापकोटा

नेपालखबर
फागुन १५, २०७७ शनिबार १०:३१,

सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन्।

शनिबार चितवनमा पत्रकारहरुसँग कुराकानीमा सभामुख सापकोटाले संसद् नियमित चल्ने बताए।

संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उनले अब पहिले जसरी नै संसद् चल्ने विश्वास व्यक्त गरे। उनले भने, ‘पहिले जसरी संसद् चलेको थियो। त्यही अनुसार संसद् चल्छ। अब दलहरुबीच छलफल र समझदारी हुन्छ।’

राष्ट्रपतिबाट संसद् आह्वान भएसँगै कार्यव्यवस्था समितिको बैठकबाट परामर्श गरी पुरानै तवरले संसद् पुनः सञ्चालन गर्ने उनको भनाइ छ।

राजनैतिक दलको विवादले संसदीय प्रक्रियालाई कुनै असर नगर्ने उनको भनाइ थियो। उनले भने, ‘मैले सहजीकरण गर्ने छु। राजनैतिक दलको विवादले संसदीय प्रक्रिया रोकिँदैन।’

उनले संसद् विघटनको समयमा भएका नियुक्तिका विषयमा अदालतमा बहस भइरहेको विषयमा अहिले टीकाटिप्पणी गर्नु उचित नहुने बताए। रुासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .