नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पदबाट हटाउनेबारे नसोचेको बताएका छन्।
सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि मंगलबार राति बीबीसी नेपालीसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले आफूहरू अहिले राष्ट्रपति हटाउनेतर्फ नलाग्ने बताएका हुन्।

तपाईंहरू अब राष्ट्रपतिलाई हटाउनेतिर लाग्नुहुन्छ भन्ने प्रश्नमा उनले भनेका छन्, ‘लाग्दैनौं हामी अहिले, त्यतातिर सोचेकै छैनौं। राष्ट्रपतिलाई ब्ल्याकमेल गर्ने कोसिस केपी ओलीले गर्नुभा हो, हामीले कहिल्यै त्यसो गरेका छैनौं।’

प्रतिक्रिया