राजनीति


नेकपाका २८८ केन्द्रीय सदस्यले प्रचण्ड–नेपाल पक्षलाई बुझाए नागरिकता र परिचयपत्र

नेकपाका २८८ केन्द्रीय सदस्यले प्रचण्ड–नेपाल पक्षलाई बुझाए नागरिकता र परिचयपत्र

नेपालखबर
फागुन ७, २०७७ शुक्रबार ११:४४,

नेकपाका २८८ केन्द्रीय सदस्यले प्रचण्ड–नेपाल पक्षलाई आफ्नो नागरिकता र परिचयपत्र बुझाएका छन्।

शुक्रबार आकस्मिक रुपमा बसेको बैठकअघि ती सदस्यहरुले नेकपा गठन हुँदा बनाइएको परिचयपत्र र नागरिकता पार्टी कार्यालय पेरिसडाँडामा बुझाएका हुन्।

नेकपाको आधिकारिक नाम र चुनाव चिह्नको विषयमा निर्वाचन आयोगले निर्णय गर्न ढिलाइ गरेपछि प्रचण्ड–नेपालले आफ्ना पक्षका केन्द्रीय सदस्यलाई नागरिकता र परिचयपत्रसहित उपस्थित हुन बिहीबार मेसेज (सन्देश) पठाएका थिए।

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा ४४१ जना केन्द्रीय समिति सदस्य बनाइएका थिए।

‘नागरिकता र परिचयपत्र स्क्यान गरेर पार्टी कार्यालयमा राखिएको छ’, केन्द्रीय सदस्य हरि दाहालले भने, ‘अब आवश्यक परे सबै कागजात लगेर निर्वाचन आयोग जाने तयारी छ।’

सबै कागजात संकलन गरेर आजै निर्वाचन आयोगमा आधिकारिकता दाबीका लागि जाने तयारी भए पनि आज निर्वाचन दिवस परेकाले अब आइतबार आयोग जाने तयारी भएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad