ad ad

राजनीति


वसन्त पञ्चमीमा प्रधानमन्त्रीको सन्देश : हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त होस्

वसन्त पञ्चमीमा प्रधानमन्त्रीको सन्देश : हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त होस्

नेपालखबर
फागुन ४, २०७७ मंगलबार ३:१७,

प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने कामना गरेका छन्। वसन्त पञ्चमी (सरस्वती पूजा) का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले त्यस्तो कामना गरेका हुन्।

‘सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस्’ वसन्त पञ्चमीका अवसरमा मंगलबार बिहान प्रधानमन्त्री ओलीले दिएको शुभकामना सन्देशमा भनिएको छ।

जनताको जीवनमा खुशी भर्न समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्ने चर्चा गर्दै ओलीले यतिबेला नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्न अग्रसर रहेकोमा जोड दिएका छन्।

‘राष्ट्रको समृद्धि जनताको सुखसँग जोडिएको छ र सुख खुशीसँग जोडिएको छ। हामी नेपाललाई अविकासबाट विकासतिर, पछौटेपनबाट सम्पन्नतातिर र अव्यवस्थाबाट सदाचारतिर अघि बढाइरहेका छौँ। यसबाट समृद्ध नेपाल(सुखी नेपालीको आकांक्षा पूरा हुनेछ,’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .