ad ad

राजनीति


कांग्रेसले पहिला संविधान र लोकतन्त्र हेर्छ, अनिमात्र चुनाव : पौडेल

कांग्रेसले पहिला संविधान र लोकतन्त्र हेर्छ, अनिमात्र चुनाव : पौडेल

नेपालखबर
फागुन ३, २०७७ सोमबार १४:२७,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान र लोकतन्त्र जोगाएर मात्र चुनावमा जाने बताएका छन्।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङले साेमबार आयोजना गरको विरोधसभालाई सम्बोधन गर्दै कांग्रेस वरिष्ठ नेता पौडेलले पहिला संविधानको रक्षामा जोड दिनुपर्ने बताए। उनले लोकतन्त्रमा कोही पनि सर्वेसर्वा नहुने स्पष्ट पारे।

‘लोकतन्त्रको सिद्धान्त सर्वेसर्वा कोहि हुँदैन। लोकतन्त्रमा बराबरीका बीचमा पहिलो र दोश्रो मात्र हो। राष्ट्रपति प्रधानमन्त्री कोहि पनि सर्वेसर्वा हुँदैन’ उनले भने, ‘नेपाली कांग्रेस यही व्यवस्थाका लागि लडेको हो। त्यसो भएकाले कांग्रेसले सबैभन्दा पहिला लोकतन्त्र हेर्छ, सबैभन्दा पहिला संविधान हेर्छ। संविधान जोगाएर लोकतन्त्र जोगाएर मात्र कांग्रेस चुनाव हेर्छ।’

नेपाली जनताले ७० वर्ष संघर्ष गरेर संविधानसभाबाट समावेशीता, संघीयता सहितको संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उनले बताए। कांग्रेसले संविधान निर्माण गरेपनि कार्यान्वयन गर्ने बेलामा कम्युनिष्टहरुले जनतालाई ढाँटेर बहुमत ल्याएको उनले दाबी गरे।

‘यो संविधान हामीले बनायौं। तर कार्यान्वयन गर्ने बेलामा कम्युनिष्टहरुले नेपालीलाई ढाँटेर अत्याधिक बहुमत ल्याएर सरकार बनाउने मौका पाए’ उनले भने, ‘नेपाली जनतालाई लाग्यो, कम्युनिष्टहरुले कति न्यायपूर्ण, कति समानतापूर्ण र कति समृद्ध नेपाल बन्दो रहेछ भनेर मतदान गरे। आज कम्युनिष्ट सरकारको तीन वर्षे कार्यकाल हेरौं त के के भएको छ?’

उनले कम्युनिष्टहरुले समस्या जन्माउन, वितण्डा मच्याउन र हुलदंगा गर्न सक्ने तर समस्याको समाधान गर्न नसक्ने दाबी पनि गरे।

उनले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नै नरहेको जिकिर पनि गरे।

यसअघिका प्रधानमन्त्रीहरुलाई संसद विघटनको अधिकार भएपनि अहिलेको संविधानले त्यो अधिकार नदिएकाे उनकाे भनाइ थियाे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .