चार जना पूर्वप्रधानन्यायाधीशहरु लिखित जवाफ लिएर सर्वोच्च पुगेका छन्।
पूर्वप्रधानन्यायाधीशहरु सुशीला कार्की, मीनबहादुर रायमाझी, अनुपराज शर्मा र कल्याण श्रेष्ठ अदालतको अवहेलना मुद्दामा लिखित जवाफसहित सर्वोच्चमा उपस्थित भएका हुन्।
चारमध्ये शर्माले छुट्टै र बाँकी तीन पूर्वप्रधानन्यायाधीशले संयुक्त रूपमा लिखित जवाफ पेस गरेका छन्।
गत माघ १५ गते सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले उनीहरुविरुद्ध परेको मुद्दामा म्याद तामेल भएको सात दिनभित्र लिखित जवाफ लिएर उपस्थित हुने आदेश गरेको थियो।
पूर्वप्रधानन्यायाधीशहरुविरुद्ध अधिवक्ताहरु धनजित बस्नेत र लोचन भट्टराईले अवहेलना मुद्दा दायर गरेका थिए।
पुस ५ मा संसद् (प्रतिनिधिसभा) विघटन भएपछि सोसँग सम्बन्धित मुद्दा सर्वोच्च अदालतमा विचाराधीन र बहसकै क्रममा रहेको बेला त्यसलाई प्रभावित पार्ने गरी अभिव्यक्ति दिएको भन्दै चार पूर्वप्रधानन्यायाधीशहरुविरुद्ध मुद्दा परेको थियो।
उनीहरुबाहेक प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध पनि सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दायर भएको थियो।
यस्ताे छ लिखित जवाफ
Shares

प्रतिक्रिया