नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध सोमबार (फागुन ३ गते) देशव्यापी प्रदर्शनको तयारी गरेको छ।
कांग्रेसले सोमबार देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो।
संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध एकमतका साथ आन्दोलनमा रहेको कांग्रेसले जनाएको छ।
सभापति शेरबहादुर देउवाले आज विज्ञप्ति प्रकाशित गरी प्रदर्शनमा सहभागिताका लागि पार्टीका समर्थक तथा आम जनतासित अपिल गरेका छन्।

प्रतिक्रिया