ad ad

राजनीति


यस्ता छन् प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलनका कार्यक्रम

 यस्ता छन् प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलनका कार्यक्रम

नेपालखबर
फागुन २, २०७७ आइतबार ९:८,

प्रचण्ड नेपाल नेतृत्वको नेकपाले प्रतिनिधि सभा विघटनको विरोधमा चौथो चरणको विरोध कार्यक्रम सार्वजनिक गरेको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै नेकपाले चौथो चरणको विरोध कार्यक्रम सार्वजनिक गरेको हो।

चौथो चरणको विरोध कार्यक्रम फागुन ५ गते बाट सुरु हुने नेकपाले जनाएको छ।

नेकपाले फागुन ५ देखि १२ गते सम्म ७७ जिल्लामा विरोध कार्यक्रम गर्न, ६ गते महँगी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो विरोध, ७ गते सबै पालिकाका वडाहरूमा वडा स्तरीय विरोध कार्यक्रम सार्वजनिक गरेको हो।

त्थ्यस्तै १२ गते चितवन र २१ गते दाङमा ठूला सभा गर्ने र जनकपुर, नेपालगञ्ज, लगायतका सहरहरूमा पनि विरोध प्रदर्शन र सभा गर्ने र त्यसको मिति चाडै सार्वजनिक गर्ने नेकपाले जनाएको छ।

यस्ता छन् संघर्षका कार्यक्रमहरुः
(१) २०७७ फागुन ५ गते देखि १२ गते सम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्ला स्तरीय विरोध प्रदर्शन, सभा लगायतको विरोध कार्यक्रम।

(२) २०७७ फागुन ६ गते प्रतिगमन, महँगी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो विरोध कार्यक्रम । समय अपरान्ह ४ देखि ५ बजेसम्म ।

(३) २०७७ फागुन ७ गते देशव्यापी रुपमा सबै पालिकाका वडाहरूमा वडा स्तरीय विरोध कार्यक्रम।

(४) २०७७ फागुन ७ गतेदेखि १५ गतेसम्म प्रतिगमनविरुद्ध संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक स्थलमा हस्ताक्षर संकलन कार्यक्रम।

(५) २०७७ फागुन ८ गते काठमाडौंमा प्रतिगमन विरुद्ध वृहत् अन्तरक्रिया कार्यक्रम ।
(६) २०७७ फागुन ९ गते प्रतिगमन र महिला हिंसा, हत्या एवम् बलात्कारका विरुद्ध देशव्यापी महिलाहरूको विरोध कार्यक्रम।

(७) २०७७ फागुन १० गते काठमाडौं उपत्यका र जिल्लाहरूमा दलित मोर्चाको तर्फबाट विरोध कार्यक्रम।

(८) २०७७ फागुन ११ गते मधेशी, आदिबासी जनजाति, महिला, मुस्लिम, थारु, पिछडिएको क्षेत्र लगायतका उत्पीडित समुदायको साँस्कृतिक पहिचानसहितको संयुक्त विरोध कार्यक्रम ।

(९) २०७७ फागुन १२ गते चितवन, फागुन २१ गते दाङ र जनकपुर, नेपालगञ्ज, लगायतका शहरहरूमा विरोध प्रदर्शन र सभा।

(१०) संघीय राजधानी र प्रदेशका राजधानीहरूमा सम्बन्धित पार्टी कमिटी र जनवर्गीय एवम् मोर्चा संगठनको तर्फबाट संघर्षका सिर्जनात्मक कार्यक्रमहरूको निरन्तरता।

(११) २०७७ फागुन १४ गते काठमाडौंमा युवा ¥याली।

(१२) २०७७ फागुन १५ गते किसान र सुकुम्बासी मोर्चाको काठमाडौंमा विरोध कार्यक्रम।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .