प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रतिक्रान्तिकारी सोचसहित हमला भएको बताएका छन्।
शनिबार काठमाडौँमा गंगा कार्की विश्वको ‘दुसाध्य जनयुद्ध’ पुस्तक सार्वजनिक गर्दै अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि पुरानो प्रतिक्रान्तिकारी तथा प्रतिक्रियावादी सोचसहित हमला भएको बताए। उनले ठूलो बलिदानी पछि प्राप्त उपलब्धि संकटमा परेकाले एकताबद्ध भएर त्यसको रक्षा गर्नुपर्ने बताए।
माक्र्सवादलाई धर्मशास्त्र जस्तो बनाईएका कारण विश्व कम्युनिस्ट आन्दोलनले ठूलो क्षति बेहोरेको आफ्नो ठम्याइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले जनयुद्धलाई शान्तिमा रुपान्तरण नगरेको भए आफुहरुको जित नहुने बताए।
पेरु, श्रींलका लगायतका देशहरुको जस्तो युद्ध नहोस् भनि क्षेत्रीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय र पार्टी भित्रको परिस्थिति अध्ययन गरी जनयुद्धलाई शान्तिमा रुपान्तरण गरेको स्मरण पनि उनले गरे। जनयुद्ध शान्तिमा रुपान्तरण हुदै अहिले संघीय लोकतान्त्रिक गणतन्त्र माआईपुगेको भन्दै उने सोही उपलब्धि माथि भएको प्रहार विरुद्ध एकजुट हुन सबैलाई आव्हान गरे।
Shares

प्रतिक्रिया