कारोबार


प्रधानमन्त्री ओलीले गरे लुम्बिनी केबलकारको शिलान्यास

प्रधानमन्त्री ओलीले गरे लुम्बिनी केबलकारको शिलान्यास

नेपालखबर
फागुन १, २०७७ शनिबार ८:४३,

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी केबलकार आयोजना निर्माणको शिलान्यास गरेका छन्।

शनिबार प्रधानमन्त्री ओलीले करिब ३ अर्ब ५२ करोड लगानीमा बुटवलको उत्तरी चुरेदेखी पाल्पाको वसन्तपुर डाँडा जोड्ने हिलस्टेसनसहितको केबलकार आयोजनाको शिलान्यास गरेका हुन् ।

आईएमई ग्रुपको मुख्य लगानी रहेको यो आयोजनाको निर्माण आउँदो फागनु १ गते  सक्ने आयोजकले लक्ष्य लिएको छ।

प्रधानमन्त्री ओलीले कोरोनाको महामारीका कारण पर्यटन क्षेत्र संकटमा परेको भन्दै यसप्रकारका आयोजनाले पर्यटन क्षेत्र विकासमा सहयोग पु¥याउने बताए।

सरकारले रुपन्देही र पाल्पाअन्तर्गत पर्ने ६.७ हेक्टर बन क्षेत्रको प्रयोगका लागि स्वीकृति दिइसकेको छ।

 केबलकार करिब ३ किलोमिटरको हुनेछ। केबलकारको अन्तिम स्टेसन पाल्पाको बसन्तपुरमा पाँचतारे होटलसमेत निर्माण हुने बताइएको छ ।

वसन्तपुरमा मनोरञ्जन पार्क, पिकनिक स्पट पनि रहेको केबलकारमा १७ वटा डब्बा हुनेछन्।

एक डिब्बामा ८ जना चढ्न सकिन्छ। लुम्बिनी केबलकार प्रालि २ वर्षमा सकिने कम्पनीले बताएको छ ।

आइएमई ग्रुपले काठमाडौंको चन्द्रागिरिमा केबलकार सञ्चालन गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad