राजनीति


ओली हिन्दु राज्य घोषणा गर्न खोज्दैछन् : केसी

ओली हिन्दु राज्य घोषणा गर्न खोज्दैछन् : केसी

नेपालखबर
माघ ३०, २०७७ शुक्रबार १२:२९,

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओली धर्मनिरपेक्षता समाप्त पारेर हिन्दु राज्य घोषणा गर्न खोजेको बताएका छन्।

शुक्रबार राजमो अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले भौतिकवादी कम्युनिस्ट पार्टीको अध्यक्ष भएर पशुपतिमा पुजा अर्चना गर्नु तेसैको उदाहरण भएको बताए। उनले ओली भारतपरस्त भएको आरोप पनि लगाए।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका केसीले अन्य पार्टीहरुलाई संघीयता आजका दिनमा ‘न्याउरी मारी पछुतो’ सावित भएको दाबी गरे । जनतालाई करको भारी मात्रै बोकाउन संघीयता थोपरिएको भन्दै उनले यो व्यवस्था देशको हितमा हुनै नसक्ने बताए।

केसीले एमसीसी परियोजना नेपाल र नेपालीको हितमा नभएको भन्दै चीनलाई घेरामा पार्ने उद्देश्यले एमसीसी परियोजन ल्याउन बल गरिएको दाबी पनि गरे। उनले देशमा कलकारखाना उद्योग धन्दा नभएको, गर्नुपर्ने काम नगरेर गलत बाटो हिँडेकोले समस्या मात्रै थोपरिएको बताए।

चुनावको नाममा देशमा अस्थिरता खडा गरेको भन्दै अध्यक्ष केसीले देशमा बिरामीले औषधी नपाउने, बालबालिकाले पुस्तक नपाउने बरु त्यो खर्च त्यता लगाए केही राहत हुने बताए।

देशमा बाह्य शक्तिको चलखेल बढी भएकोले अब गणतन्त्र पनि खतरामा परेको उनको भनाई थियो।

यस्तै, राजमो केन्द्रीय सदस्य मनोज भट्टले शेरबहादुर देउवा पनि ज्योतिषिको भ्रममा परेर प्रधानमन्त्रीको लोभ त्याग्न नसकेको बताए। उनले पहिला पनि प्रधानमन्त्री पदको लागि देउवाले जस्ता पनि निकृस्ट काम गर्ने गरेको भन्दै अब देउवा र नेपाली कांग्रेस पनि समयमै सच्चिएर संयुक्त आन्दोलनमा आउन आग्रह गरे।

राजमो पार्टी कार्यालयबाट निकालिएको र्‍यालीले बजार परिक्रमापछि सन्धिखर्कको टुंडिखेलमा पुगी सभामा परिणत भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad