राजनीति


प्रधानमन्त्रीका वकिलले इजलासमा गरे विपक्षीको बहसको प्रशंसा

प्रधानमन्त्रीका वकिलले इजलासमा गरे विपक्षीको बहसको प्रशंसा

नेपालखबर
माघ २८, २०७७ बुधबार ११:१२,

प्रधानमन्त्री केपी ओलीको तर्फबाट संवैधानिक इजलासमा बहस गर्नेक्रममा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले विपक्षी केही वकिलको प्रशंसा गरेका छन्।

बुधबार प्रधानन्यायाधीशसहितको संवैधानिक इजलासमा ज्येष्ठ वकिल कृष्णप्रसाद भण्डारी, शम्भु थापा, दिनमणि पोखरेल र समृत खरेलको प्रशंसा गरेका हुन्।

‘कृष्णप्रसाद भण्डारीजस्तो व्यक्तित्व नियमित आइरहनुभएको छ, शम्भू थापाले राम्रो बहस गर्नुभयो, दिनमणि पोखरेल र नयाँ भाइ समृत खरेलले राम्रो बहस गर्नुभयो, उहाँहरुलाई म विशेष धन्यवाद दिन चाहन्छु’, भण्डारीले इजलासमा भने।

भण्डारीले विघटनका पक्षमा ओलीको तर्फबाट बहस गरेका हुन् भने अरु रिट निवेदक पक्षका हुन्। उनले विपक्षी वकिलले राम्रो बहस गरेको बताए।

प्रधानमन्त्री ओलीले कृष्णप्रसाद भण्डारीमाथि दिएको अभिव्यक्ति भने विवादमा परेको थियो। जसका कारण सर्वोच्चको मानहानी समेत भएको भन्दै ओलीसँग लिखित जवाफ माग गरेको छ। ओलीले जवाफ बुझाइसकेका छैनन्।

भण्डारीले ओलीले संसद विघटन गर्नु उचित र संविधानसम्मत भएको दाबी गरेका छन्।

उनले यसअघिका नजिरले समेत बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्नसक्ने दाबी गरे। बहसका क्रममा उनले सात आधार समेत प्रस्तुत गरेका थिए।

सरकार र संसद्लाई स्थिर बनाउनका लागि व्यवस्थामा नै सुधार आवश्यक रहेको समेत उनको तर्क छ।

उनले संसद विघटनका विभिन्न देशका उदाहरण पनि इजलासमा दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad