राजनीति


पदमा लिंग हुँदैन, राष्ट्रपतिविरुद्ध बोल्दा नारी अस्मिताको कुरा आउँदैन : झाँक्री

पदमा लिंग हुँदैन, राष्ट्रपतिविरुद्ध बोल्दा नारी अस्मिताको कुरा आउँदैन : झाँक्री

नेपालखबर
माघ २८, २०७७ बुधबार ९:१०,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले ओली कागजी बादशाह भएको बताएकी छन्।

प्रतिनिधि सभा विघटनका विरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले ओली ढलेको घोषणा गर्न मात्रै बाँकी रहेको बताएकी हुन्।

‘आज काठमाडौँको मध्यसडकका पेटीहरुमा छरपष्ट मानव सागरले भन्छ खड्गप्रसाद ओली कागजी बादशाह हुन, ती ढलिसके अव अन्तिम घोषणा गर्न बाँकी छ’, उनले भनिन्।

उनले बदाशाहहरु आफ्नो कद घटाउँदै जाने बेला राज्यको सम्पत्तीको दाेहन गर्दै कागजको प्रतिमा र बुख्याचा बनाउने बताइन्।

‘जब बादशाहहरु, तानशाहहरु आफ्नो कद घटाउँदै घटाउँदै जान्छन्, त्यतिबेला राज्यको सम्पतीको दोहन गर्दै कागजका अग्ला–अग्ला कदका प्रतिमाहरु मात्रै होइन  बुख्याचाहरु बनाउछन्, खड्गप्रसाद ओलीले त्यही गरेका छन्’, उनले भनिन्।

उनले राष्ट्रपति पदमा लिंग नहुने भन्दै उनका विरुद्ध बोल्दा महिला अस्मिताको प्रश्न नआउने बताइन्।

‘तानाशाह बन्दै गरेको अहंकारी र सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिविरुद्ध बोल्न पाइन्छ । यहाँ महिला अस्मिताको प्रश्न आउँदैन’, उनले भनिन्, ‘कुनै पनि पदमा लिंग हुँदैन, त्यो सार्वजनिक हुन्छ।’

उनले आफूलाई कारबाही गर्न माग गर्दै गृहमन्त्रीकोमा जाने ओलीनिकट महिलासंघ माथि पनि प्रश्न उठाएकी छन्।

उनले आफूलाई कारबाहीको माग गर्नै महिला संघले भागरथीको हत्यारालाई कारबाहीको माग गरेकी गरेनन् भनेर प्रश्न उठाइन्।

मुखमा कालो टेप टाँसेर मञ्चमा पुगेकी झाँक्रीले ओलीले बोल्न नपाइने बताएको बताएको भन्दै आफूहरु बोल्नकै लागि जन्मेको र जनताका अधिकार, संविधानको रक्षाका लागि बोलीरहने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad