राजनीति


भानुभक्त जोशी भन्छन्ः नेताहरु खुट्टा नकमाउनुहोस्, सुदूरपश्चिम साथमा छ

भानुभक्त जोशी भन्छन्ः नेताहरु खुट्टा नकमाउनुहोस्, सुदूरपश्चिम साथमा छ

नेपालखबर
माघ २८, २०७७ बुधबार ८:४०,

केन्द्रीय सदस्य भानुभक्त जोशीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल लगायतका नेतालाई जारी आन्दोलनमा खुट्टा नकमाउन आग्रह गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि विभाजन भएको पार्टीको प्रचण्ड–नेपाल पक्षले सो कदमविरुद्ध काठमाडौंमा आज बुधबार आयोजित विरोध सभामा बोल्दै जोशीले सो धारणा व्यक्त गरेका हुन्।

‘म यहाँ रहनुभएका नेताहरुलाई भन्न चाहन्छु, तपाईंहरु खुट्टा नकमाउनुहोस्, समग्र सुदूरपश्चिम तपाईंहरुको पक्षमा छ,’ पूर्वसांसद समेत रहेका जोशीले सभामा भने, ‘त्यसैगरी यहाँ उपस्थित सबै युवापुस्तालाई समेत म खुट्टा नकमाउन आग्रह गर्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad