राजनीति


प्रचण्ड–नेपाल पक्षको प्रदर्शन तयारीले उपत्यकाको यातायात प्रभावित

प्रचण्ड–नेपाल पक्षको प्रदर्शन तयारीले उपत्यकाको यातायात प्रभावित

नेपालखबर
माघ २८, २०७७ बुधबार ४:३२,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आज (बुधबार) विरोध सभा आयोजना गर्न लागेका कारण काठमाडौं उपत्यकको यातायात बिहानैदेखि प्रभावित भएको छ।

ट्राफिक प्रहरीका अनुसार जुलुस बिहान ११ बजेपछि सुरु हुने भए पनि बिहानैदेखि सवारीसाधन आवागमनमा असर परेको हो।

ठूला गाडीलाई चक्रपथभित्र प्रवेशमा रोक लगाइएको छ भने कालीमाटी, थापाथली, लैनचौर, रत्नपार्क, पुतलीसडक क्षेत्रतिर आउने साना गाडीलाई पनि डाइभर्सन गरिएको छ।

नागपोखरी, जयनेपाल हलको बाटो भएर दरबारमार्ग हँदै रत्नपार्क जाने सवारीसाधनलाई दरबारमार्गको प्रहरी वृत्तबाट प्रवेशमा राेक लगाइएकाे छ। 

त्यसैगरी पुतलीसडकबाट बागबजार, शंकरदेव क्याम्पस जाने बाटो, कमलादीबाट घण्टाघर जाने बाटो, पद्मोदय मोडबाट भृकुटीमण्डप जाने बाटोमा ब्यारिकेट राखिएको छ। जुलुसपछि प्रचण्ड–नेपाल पक्षले यहीं विरोध सभा गर्नेछ।

यस्तै बालाजुबाट, लैनचौर हुँदै आउने गाडीलाई बालाजु चोकबाटै फर्काइएको छ भने नयाँबसपार्क, गोंगबु र सामाखुसीबाट रत्नपार्क आउने सवारीधानलाई उतै रोकिएको छ।

‘राजनीतिक कार्यक्रम सडकमा हुने भएपछि ट्राफिक प्रहरीले गाडी रोक्नु पर्ने बाध्यता छ,’ ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्याम कृष्ण अधिकारीले नेपालखबरसँग भने, ‘ठूला गाडी रिङरोड भित्र आउन पाएका छैनन्। साना गाडी त्रिपुरेश्वर, माइतीघर, लैनचौरबाट भृकुटी मण्डप तिर जान पाएका छैनन्।’

जसले गर्दा बिहानैदेखि जाम सुरु भएकाे महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ।

ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी महाशाखाले बिहानैदेखि बाक्लो संख्यामा जनशक्ति परिचलान गरिएको जनाएको छ।

याे पनि : ओलीविरुद्ध प्रचण्ड–नेपालको शक्ति प्रदर्शन आज, २ लाखभन्दा बढी सहभागी हुने दाबी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad