राजनीति


प्रचण्डलाई गृहमन्त्री थापाको चेतावनी : मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको चिडियाखानामा कोचिन्छ

प्रचण्डलाई गृहमन्त्री थापाको चेतावनी : मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको चिडियाखानामा कोचिन्छ

नेपालखबर
माघ २३, २०७७ शुक्रबार ८:१०,

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व नेकपाका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले मांसाहारी आन्दोलन गर्नलाई जावलाखेलको चिडियाखानामा लगेर बन्द गर्नै चेतावनी दिएका छन्।

ओली समूहले शुक्रबार राजधानीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेपालको संविधानले मांसाहारी आन्दोलनलाई अपराध घोषणा गरेको बताए।

केही समय अगाडि राजधानीका युवा तथा विद्यार्थी भेलालाई सम्बोधन गर्दै प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलन साहाकारी मात्रै भएर नहुने, आफूले मांसाहारी आन्दोलन चाहिने बताएका थिए। गृहमन्त्री थापाले प्रचण्डको सोही भनाइतर्फ संकेत गर्दै यस्तो बताएका हुन्।

‘मांसाहारी आन्दोलन गर्नेलाई हाम्रो संविधान र कानुनले त्यसलाई अपराध घोषित गरेको छ। त्यो अपराध गर्नेलाई, मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको चिडियाखानामा लगेर बन्द गरिन्छ’, गृहमन्त्री थापाले भने। 

गृहमन्त्री थापाले प्रचण्ड–नेपाल समूहको मांसाहारी आन्दोलनप्रति सचेत हुन समेत कार्यकर्तालाई निर्देशन दिए।

उनले गणतन्त्रको रक्षाका लागि आफूहरुले आमसभा गर्नका लागि दरबार अगाडिको स्थानलाई चुनेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad