राजनीति


स्कुटर चढेर बन्दको निरीक्षणमा निस्के माधव नेपाल

स्कुटर चढेर बन्दको निरीक्षणमा निस्के माधव नेपाल

नेपालखबर
माघ २२, २०७७ बिहिबार ५:५४,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपाल पार्टीले आयोजना गरेको आमहड्तालको निरीक्षण गर्न निस्केका छन्।

बिहीबार बिहान अध्यक्ष नेपाल कोटेश्वर निवासबाट बा ४२ प ५८१४ नम्बरको स्कुटर पछाडि बसेर आमहड्ताल निरीक्षणमा निस्किएका हुन्। अध्यक्ष नेपाल उपत्यकाका विभिन्न स्थानमा भएको प्रदर्शनको निरीक्षण गरेको नेकपा पार्टी कार्यालयका उपसचिव मोहन गौतमले जानकारी दिए।

‘अध्यक्ष नेपालले कोटेश्वर र सातदोबाटोमा भइरहेको प्रदर्शनको निरीक्षण गर्नु भएको छ’, गौतमले नेपालखबरसँग भने।

आमहड्तालकै क्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार बिहान पुल्चोकमा धर्ना बसेका थिए। धर्नापछि कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले फागुनको पहिलो साताबाट संयुक्त संघर्ष हुने र ओली सरकारलाई ढाल्ने बताए।

सरकारले संसदीय सुनुवाइबिनै संवैधानिक आयोगका पदाधिकारी नियुक्त गरेको विरोधमा प्रचण्ड–नेपाल समूहले बिहीबार आमहड्ताल गरेको हो।

अहिलेसम्म देशभर बन्दको प्रभाव सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad