नेपाल कम्युनष्टि पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटीको बैठक अवैध रहेको प्रधानमन्त्री ओली पक्षले दाबी गरेको छ।
विधानमा पार्टीको बैठक अध्यक्षसँगको परामर्शमा पार्टी महासचिवद्वारा बोलाइने व्यवस्था रहेको भन्दै महासचिवद्वारा कुनै पनि बैठक नबोलाइएको कार्यालय सचिव ईश्वरी रिजालले जनाएका छन्।
‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको बैठक बोलाइएको भन्ने प्रेषित सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ। पार्टीको विधान, अभ्यास, प्रचलन र पछिल्लो पटक निर्वाचन आयोगको निर्णय (अभिलेखीकरण) अनुसार पार्टीको आधिकारिक बैठक अध्यक्षसँगको परामर्शमा पार्टी महासचिवद्वारा बोलाइने भन्ने स्पष्ट छ’ रिजालद्वार जारी विज्ञप्तिमा भनिएको छ, ‘यस अनुसार कमरेड महासचिवद्वारा कुनै पनि बैठक नबोलाइएको व्यहोरा जानाकारी गराइन्छ।’
प्रतिक्रिया