ad ad

राजनीति


बागमती प्रदेश सभा बैठक फागुन ५ सम्म स्थगित, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव धकेलियो

बागमती प्रदेश सभा बैठक फागुन ५ सम्म स्थगित, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव धकेलियो

नेपालखबर
माघ १८, २०७७ आइतबार १६:१३,

बामगती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाको बैठक फागुन ५ गतेसम्मका लागि स्थगित गरेका छन्।

प्रदेश सभाको सचिवालयले आइतबार राति प्रदेश सभासदहरुलाई सूचना गरेर सोमबार आयोजना गर्ने भनी तय भएको बैठक स्थगित गरिएको जनाएको छ।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमाथि सोमबारबाट छलफल हुने कार्यक्रम तय गरिएको थियो।

‘सोमबारका लागि बोलाइएको बैठक फागुन ५ गतेसम्मका लागि स्थगित गरिएको सूचना भर्खरै प्राप्त भएको छ,’ सांसद तथा पूर्वमन्त्री अरुण नेपालले भने, ‘सोमबारबाट मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने तय भएको थियो। त्यसका लागि धेरैजना सांसद हेटौडा पुगिसक्नु भएको थियो।’

राजनीतिकरुपमा विभाजित भएको नेकपाको एक पक्षले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले सो प्रस्ताव दर्ता गरेको हो।

१ सय १० सदस्यीय प्रदेश सभामा नेकपाका ८० सांसद रहेकामा तीमध्ये ४५ जनाले पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्। प्रस्ताव पारित गर्नका लागि ५६ मत आवश्यक पर्छ।

अहिले अविस्वासको प्रस्ताव ल्याउने नेकपाको प्रचण्ड–नेपाल पक्षले प्रस्तावको पक्षमा बहुमत पुर्‍याउन र मुख्यमन्त्री पौडेल प्रस्तावको विपक्षमा बहुमत पुर्‍याउनका लागि तिब्र कसरतमा लागेका छन्।

दुवै पक्षले नेपाली कांग्रेससँग निरन्तर वार्तामा रहेका छन्।

तर कांग्रेसले कसलाई साथ दिने भनी कुनै निर्णय नगरिसकेको बताएको छ।

त्यसैले अहिले अविश्वास प्रस्तावको पक्षमा बहुमत पुर्‍याएर मुख्यमन्त्री हटाउन चाहने नेकपाको प्रचण्ड–नेपाल पक्ष, प्रस्तावको विपक्षमा बहुमत पुर्‍याएर मुख्यमन्त्री जोगाउन चाहने नेकपाको ओली पक्ष र यतिबेला कसलाई साथ दिँदा आफूलाई बढि फाइदा गर्न चाहने नेपाली कांग्रेस तीनै पक्ष आआफ्नो रणनीतिमा लागिरहेका छन्।

ओली पक्षले त्यसकै लागि समय लिनका लागि आफ्नो पक्षका सभामुख भएको फाइदा उठाउँदै बैठक लामो समयका लागि स्थगित गरेको हो।

Pradesh-notice1.jpg

यो पनि:
बागमतीका मुख्यमन्त्री पौडेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .