ad ad

राजनीति


आयोगले दल दर्तासम्बन्धी प्रक्रिया अघि बढाएकोमा प्रचण्ड–नेपाल पक्षको यस्तो आपत्ति

आयोगले दल दर्तासम्बन्धी प्रक्रिया अघि बढाएकोमा प्रचण्ड–नेपाल पक्षको यस्तो आपत्ति

नेपालखबर
माघ १६, २०७७ शुक्रबार ७:४९,

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले निर्वाचन आयोगले पहिले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकताको विवाद निरुपण नगरेसम्म दल दर्तासम्बन्धी प्रक्रिया अघि बढ्न नसक्ने बताएको छ।

निर्वाचनका लागि दल दर्तासम्बन्धी विषयमा छलफल गर्न शुक्रबार आयोग पुगेका प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका नेताहरुले सो कुरा बताएका हुन्।

‘निर्वाचन आयोगले दुवै अध्यक्षलाई छुट्टाछुट्टै पत्र पठाएर पार्टी फरक भएको पनि स्वीकार गर्ने र त्यो विवादको निरुपण नगरिकन दल दर्ताको प्रक्रिया पनि सुरु गरेको छ, यसरी आयोगले निर्वाचन पनि नगराउने र देशलाई जटिलतातर्फ लैजादैछ कि भन्ने लागेको छ,’ प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य राजेन्द्र पाण्डेले नेपालखबरसँग भने, ‘नेकपामा कोसँग बहुमत छ र कसले गरेको निर्णय आधिकारिक हुन्छ भन्ने विषय टुंगो नलगाई यो प्रक्रिया अघि बढ्न सक्दैन।’

निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ अनुसार नेकपाका दुवै पक्षलाई पत्र लेख्दै छलफलका लागि आयोगमा बोलाएको छ।

प्रचण्ड–नेपाल पक्षले दुवै अध्यक्ष उपत्यका बाहिरका कार्यक्रममा व्यस्त रहेका भन्दै आयोगसँग तीन दिनको समय माग गरेको छ।

पाण्डेले निर्वाचन सुरु भएपछि आयोगको सहमतिबेगर कर्मचारी सरुवा गर्न नपाइने प्रावधान पनि उल्लंघन गरेको बताए।

‘कि निर्वाचन आयोगले त्यसलाई सरुवा गर्न स्वीकृति दिएका हौं भनेर भन्नु प¥यो होइन भने त्यो रोक्ने जिम्मेवारी पनि आयोगकै हो,’ उनले भने।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा राजनीतिक तथा सांगठनिकरुपमा विभाजित भई दुई पार्टीको रुपमा क्रियाशील भएका छन्।

तर त्यसले निर्वाचन आयोगबाट कानुनी मान्यता पाएको छैन।

यो पनि: 

नेम्वाङले भने : आयोगले नेकपा आधिकारिकता विवादको टुंगो लगाइसकेको छ

- प्रचण्ड–नेपाल व्यस्त भएको भन्दै नेकपाले माग्यो निर्वाचन आयोगसँग थप समय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .