ad ad

राजनीति


अब कर्मचारीले कार्यालयको फोनबाट व्यक्तिगत कल गर्न पाउँदैनन्ः मन्त्री पण्डित

अब कर्मचारीले कार्यालयको फोनबाट व्यक्तिगत कल गर्न पाउँदैनन्ः मन्त्री पण्डित

नेपालखबर
साउन २१, २०७६ मंगलबार १०:२३,

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारी कर्मचारीले कार्यालय समयमा टेलिफोन दुरुपयोग गरी निजी प्रयोजनका लागि प्रयोग गर्ने गरेको बताएका छन्। कार्यालयको टेलिफोन त्यसरी निजी प्रयोजनका लागि प्रयोग गर्न नदिने उनले उनले बताए।

‘कार्यालय समयमा कर्मचारीबाट निजी मामिलामा फोनको दुरुपयोग हुने गरेको छ। सरकारले त्यस्तो दुरुपयोग रोक्नेछ’, मंगलबार राज्यव्यवस्था समिति बैठकमा बोल्दै उनले भने।

उनले उचित कारण नदेखाई कर्मचारीहरुलाई अध्ययन विदामा विदेश नपठाउने पनि स्पष्ट पारे।

अध्ययन विदाका लागि बाहिर गएका कर्मचारीहरुले त्यहाँ गएर अध्ययन नगरी जागिर गरेको समेत पाइएको भन्दै उचित कारण पेश गरेपछि मात्रै कर्मचारीहरुलाई विदेशमा अध्ययन गर्न जान दिने जनाए।

‘मन्त्रालयले उचित ठानेपछि मात्रै कर्मचारीहरुलाई विदेशमा अध्ययनका लागि विदा दिन सकिन्छ अन्यथा अध्ययन विदा दिइँदैन’, उनले भने।

समितिबैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री पण्डितले आफू अघिल्लो पटक मन्त्री हुँदा अमेरिका अध्ययन गर्न गएका एक कर्मचारीले अध्ययन नगरी काम गरेको पाइएपछि सेवाबाटै हटाएको पनि स्मरण गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .