ad ad

राजनीति


बागमतीका मुख्यमन्त्री पौडेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेस

बागमतीका मुख्यमन्त्री पौडेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेस

नेपालखबर
माघ ९, २०७७ शुक्रबार ८:३९,

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव प्रदेशसभामा पेस गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको पक्षमा उभिएको, पार्टी विरोधी गतिविधि गरेको लगायतका आरोप लगाउँदै नेकपाको प्रचण्ड–नेपाल समूहका ४५ सांसदले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।

शुक्रबारको प्रदेश सभा बैठकमा नेकपाका सांसद तथा उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्रीसमेत रहेका अरुण नेपालले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव टेबुल गरेका हुन्।

सांसद नेपालले प्रदेश सभा बैठकमा मुख्यमन्त्री पौडेललाई नेकपाको संसदीय दलको नेताबाट पदमुक्त गरिएको र नयाँ मुख्यमन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको बताएका थिए। उनले मुख्यमन्त्री पौडेलले तीन वर्षको अवधिमा जनताको पक्षमा कुनै काम गर्न नसकेको, प्रदेशलाई स्थापित गर्नबाट चुकेको, कोरोना महामारीमा प्रदेश सरकारको भूमिका कमजोर रहेको, पार्टी हित विपरीत गतिविधि गरेका कारण अविश्वसको प्रस्ताव दर्ता गरेको बताए।

नेकपाका सांसद लक्षमण लम्सालले टेबुल भएको प्रस्तावमाथि प्रदेश सभामा १९ गतेबाट छलफल हुने जानकारी दिए।

‘आज प्रस्ताव टेबुल भयो, १९ गतेबाट छलफल अगाडि बढ्छ’, सांसद लम्सालले भने।

सभामुख सानुकुमार श्रेष्ठले अबको प्रदेशसभाको बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल अगाडि बढ्ने जानकारी दिएका थिए।

बागमती प्रदेश सभामा १ सय १० सदस्य छन्। यस हिसाबले ५६ जनाले बहुमत पुग्छ।

प्रदेश सभामा नेकपाका ८०, कांग्रेसका २२, विवेकशील साझाका ३, राप्रपा र नेपाल मजदुर किसान पार्टीका २/२ र स्वतन्त्रबाट १ जना सांसद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .