ad ad

राजनीति


बागमती प्रदेश सभाको बैठक आज बस्दै, मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव पास होला?

बागमती प्रदेश सभाको बैठक आज बस्दै, मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव पास होला?

नेपालखबर
माघ ९, २०७७ शुक्रबार ३:३०,

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको बागमती प्रदेश सभाको बैठक आज (शुक्रबार) बस्ने भएको छ।

राजनीतिक दलहरूको तीव्र दबाबपछि सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो १ बजेका लागि प्रदेश सभाको बैठक बोलाएका हुन्।

बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता अविश्वास प्रस्तावबारे छलफल गर्ने तयारी नेकपा प्रचण्ड-माधव समूहले गरेको छ।

‘आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बस्दैछ,’ बागमती प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेस हुन्छ हाेला।’

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाकै प्रचण्ड-नेपाल समूहका ४५ जना प्रदेश सांसदले गत पुस १० गते प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गराएका छन्।

अधिवेशनको पहिलो दिन दलका नेताले बाेल्दाबाेल्दै समय सकिएपछि सभामुख श्रेष्ठले प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगन गरेका थिए।

तर बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका प्रतिनिधिले तीव्र दबाब दिएपछि उनी बैठक बाेलाउन बाध्य भएका हुन्।

तर त्यहाँ नेपाली कांग्रेस अहिलेसम्म तटस्थ देखिएकाले मुख्यमन्त्री पाैडेलविरुद्धकाे अविश्वास प्रस्ताव पास हुने/नहुने टुंगो छैन।  

बागमती प्रदेश सभामा १ सय १० सदस्य छन्। यस हिसाबले ५६ जनाले बहुमत पुग्छ।

प्रदेश सभामा नेकपाका ८०, कांग्रेसका २२, विवेकशील साझाका ३, राप्रपा र नेपाल मजदुर किसान पार्टीका २/२ र स्वतन्त्रबाट १ जना सांसद छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .