ad ad

राजनीति


जब प्रधानन्यायाधीश राणाले बहस गर्न लागेका वकिललाई ‘तपाईं जानुस्’ भनेर पठाइदिए...

जब प्रधानन्यायाधीश राणाले बहस गर्न लागेका वकिललाई ‘तपाईं जानुस्’ भनेर पठाइदिए...

नेपालखबर
माघ ८, २०७७ बिहिबार ९:५०,

सर्वोच्च अदालतले समयमा वकालतनामा पेश नगरेका वकिललाई फर्काइदिएको छ।

बहसका लागि इजलासमा पुगे पनि रिट निवेदक ज्ञानेन्द्र आरणको तर्फबाट बहसमा पुगेका वसन्त रिमाललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नमिल्ने भन्दै फर्काइदिएका हुन्।

सर्वोच्चले माघ ४ गतेसम्म वकालतनामा लिए पनि रिमालले ५ गते मात्रै नाम टिपाएको पाइएको हो।

बेन्चमा बहसका लागि उभिएका रिमाललाई प्रधानन्यायाधीश राणाले भने, ‘तपाईंले ५ गते नाम टिपाउनुभएको हो भने मिल्दैन, हामीले ४ गतेसम्म मात्रै वकालतनामा लिएका हौँ, तपाईं जानुुहोस्।’

त्यसपछि न्यौपाने बहस नगरी इजलासबाट बाहिरिएका छन्।

उनीपछि ठकेन्द्र गिरीले छोटो बहस गरेसँगै आजका लागि बहस सकिएको छ। मुद्दा हेर्दाहेर्दैमा छ। भोलि पनि निरन्तर बहस चल्नेछ।

यो पनि –
सर्वोच्चमा बहसः संविधानमा हिजो राजालाई जस्तो अधिकार अहिलेका राष्ट्रपतिलाई छैन
संवैधानिक इजलासमा रिट निवेदन र अधिवक्ताको बहस बाझियो, प्रधानन्यायाधीशले उठाए प्रश्न

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .