ad ad

राजनीति


संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता भण्डारीको प्रश्न : प्रतिनिधि सभाको के कसुर थियो र विघटन गर्नुपर्‍यो?

संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता भण्डारीको प्रश्न : प्रतिनिधि सभाको के कसुर थियो र विघटन गर्नुपर्‍यो?

नेपालखबर
माघ ७, २०७७ बुधबार ८:३०,

संवैधानिक इजलासमा संसद विघटनविरुद्ध परेको रिटमाथि बहस गर्दै वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाको लडाइँमा संसद मिचाइमा परेको बताएका छन्।

बुधबार संवैधानिक इजलासको सुनुवाइमा बहस गर्दै वरिष्ठ अधिवक्ता ज्ञवालीले प्रधानमन्त्री ओलीले पार्टीका मान्छेलाई देखाइदिनका लागि संसद विघटन गरेको बताए।

‘प्रधानमन्त्री केपी ओली र उनको पार्टी नेकपाको लडाइँमा संसद् मिचिएको छ। छोरी कुटेर बुहारी तर्साउने काम केपी ओलीले गरेका छन्’, वरिष्ठ अधिवक्ता भण्डारीले भने ‘पार्टीका मान्छेलाई देखाइदिन ओलीले संसद् विघटन गरे।’

उनले प्रतिनिधि सभाको के कसुर थियो र विघटन गर्नुपर्‍यो भनि प्रश्न समेत गरे। ‘जनताले पाँच वषर्कका लागि निर्वाचित गरेका थिए, प्रतिनिधि सभाको के कसुर थियो र विघटन गर्नुपर्‍यो?’, उनले भने।

उनले प्रधानमन्त्री ओलीले सर्वसत्तावाद लाद्न जनताले दिएको सार्वभौम अधिकार मिचेको बताए।

उनले ओलीले पार्टीले आफूलाई कारबाही गर्ने डरले संसद्‍माथि प्रहार गर्नु गैरसंवैधानिक भएको बताए। संसदलाई पाँच वर्ष काम दिनुपर्ने र प्रधानमन्त्रीले संसदको विश्वासमा काम गर्नुपर्ने उनको तर्क थियो।

याे पनि :  महेन्द्रको ‘कू’ विरुद्ध लडेका जेठो वकिल भन्छन्ः संसद् पुनर्स्थापना नभए संविधान जलाइदिए हुन्छ (भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .