राजनीति


परराष्ट्रमन्त्री ज्ञवालीको भारत-भ्रमणबारे नेताहरूको टिप्पणी : ‘रित्तो कुटुरो’देखि ‘लोकलाज’सम्म

परराष्ट्रमन्त्री ज्ञवालीको भारत-भ्रमणबारे नेताहरूको टिप्पणी : ‘रित्तो कुटुरो’देखि ‘लोकलाज’सम्म

नेपालखबर
माघ ३, २०७७ शनिबार १५:१२,

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेको भारत भ्रमणबारे नेकपाकै अर्का खेमा तथा जनता समाजवादी पार्टीका नेताले उपलब्धिविहीन मात्र होइन, मर्यादाविहीनसमेत भएको भनी टिप्पणी गरेका छन्।

मन्त्री ज्ञवाली स्वदेश फर्केकै दिन शनिबार साँझ सामाजिक सञ्जालमार्फत उनीहरुले भारत भ्रमणबाट कुनै उपलब्धि हुन नसकेको र भारतीय प्रधानमन्त्री माेदीसमेत भेट्न नसकेर लज्जाजनक स्थिति भएकाे भन्दै आलोचना गरेका हुन्।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतबाट ‘रित्तो कुटुरो बोकेर फर्किएको’ टिप्पणी गरेका छन्।

‘विदेशमन्त्री ज्ञवाली कुवेलाको भारत भ्रमणपछि ‘कुराकानी भएको’ ‘छळफल भएको’ ‘विचारको आदानप्रदान भएको’ ‘गतिदिने सहमति भएको’ ‘प्राथमिकतामा राख्ने सहमति भएको’आदि रित्तो कुटुरो बोकेर फर्कनुभएछ,’ डा. भट्टराईले भनेका छन्, ‘देशको जटिल भूराजनीतिक स्थिति नबुझी कैले बुरूक्क उफ्रिने र कैले लम्पसार पर्नेको हालत यस्तै हुन्छ !’

यस्तै नेकपाकै प्रचण्ड–नेपाल समूहका नेता विष्णु रिजालले परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्रीलाई भेट्न नपाएर फर्किनु लोकलाजको विषय भएको टिप्पणी गरेका हुन्।

‘भारतीय विदेश सचिव नेपाल आउँदा हाम्रा राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीदेखि विपक्षी नेतासम्मलाई भेटेर फर्किनुभएको थियो। हाम्रा परराष्ट्रमन्त्री भारत जाँदा चाहिँ भारतीय प्रधानमन्त्रीलाई पनि नभेटेर फर्किनुभएछ,’ नेता रिजालको टिप्पणी छ, ‘लोकलाजका लागि पनि सार्वजनिक मर्यादा कायम गर्न सकेको भए !’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad