राजनीति


भारतका रक्षामन्त्री सिंहले भने : नेपालका परराष्ट्रमन्त्री ज्ञवालीसँग विशेष भेटवार्ता भयो

भारतका रक्षामन्त्री सिंहले भने : नेपालका परराष्ट्रमन्त्री ज्ञवालीसँग विशेष भेटवार्ता भयो

नेपालखबर
माघ ३, २०७७ शनिबार ५:५५,

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज (शनिबार) त्यहाँका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन्।

नयाँदिल्लीको अकबर रोडस्थित भारतीय रक्षामन्त्री सिंहको निवासमा मन्त्री ज्ञवालीले उनलाई शनिबार बिहान भेट गरेका हुन्।

परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटलाई भारतीय रक्षामन्त्री सिंहले विशेष भनेका छन्।

परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटका तस्बिर ट्विटरमा राख्दै सिंहले लेखेका छन्, ‘आज नेपालका विदेशमन्त्री श्री प्रदीप ज्ञवालीसँग विशेष भेटवार्ता भयो। भारत-नेपालकाे सम्बन्ध सरकारमा मात्रै सीमित छैन। यो सम्बन्ध दुई देशका नागरिकबाट सञ्चालित छ। भारत-नेपाल सम्बन्धले असीमित सम्भावना दिनेछ।’ 

तर भेटमा के कुरा भयाे भन्ने विषयमा अहिलेसम्म केही खुलाइएकाे छैन। 

दिल्लीस्थित नेपाली दूतावासका अनुसार परराष्ट्रमन्त्री ज्ञवालीले स्वदेश फर्किनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्ने प्रयास गरिरहेका छन्। माेदीलाई भेटेर प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश सुनाउने उनकाे याेजना रहेकाे बताइएकाे छ। 

मन्त्री ज्ञवाली आजै अपराह्न स्वदेश फर्किने कार्यक्रम छ। 

याे पनि : नेपाल–भारत बैठकः भ्याक्सिन, ईपीजी, सीमा, पञ्चेश्वर आदिमा छलफल गरेको बैठकले गर्‍यो यी निर्णय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad