ad ad

राजनीति


संवैधानिक इजलासका न्यायाधीश सपना मल्लसहित चार न्यायाधीशसँग प्रधानमन्त्री ओलीको भेट*

संवैधानिक इजलासका न्यायाधीश सपना मल्लसहित चार न्यायाधीशसँग प्रधानमन्त्री ओलीको भेट*

नेपालखबर
माघ २, २०७७ शुक्रबार ५:१०,

*नेपालखबरमा माघ २ गते यहाँ प्रकाशित खबरबारे थप खोजबिन गर्दा पुष्टि हुन नसकेकाले सच्याइएको छ।

सो खबर प्रकाशित भएसँगै सर्वोच्च अदालतका न्यायाधीश र प्रशासनका अधिकारीहरूले हामीसँगको छलफल र सार्वजनिक रुपमा समेत आपत्ति जनापछि हामीले थप खोजबिन गरेका थियौं।

अहिलेसम्मको हाम्रो थप खोजबिनमा सो खबरमा उल्लेख गरिएको मिति र समयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सर्वोच्च अदालतका न्यायाधीशहरू दिपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र सपना प्रधान मल्लले भेटघाट गरेको पुष्टि हुने प्रमाण फेला परेन। 

त्यसैले उच्च स्रोतले दिएको सूचनाका आधारमा प्रकाशित सो खबर सच्याउँदै यसबाट सम्बन्धित न्यायाधीश र सम्मानित अदालतप्रति पर्न गएको असुविधाका निम्ति हामी क्षमा याचना गर्दछौं। साथै अबका दिनमा हाम्रा स्रोतहरूबाट आउने सूचनालाई थप पुष्टि गरिने प्रतिवद्धता पनि व्यक्त गर्दछौं।

हामीले पुस २ गते नै सो खबरको खण्डन गर्दै सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले जारी गरेको चेतावनीयुक्त विज्ञप्ती– अदालतमा विचाराधीन मुद्दामा आशंका राख्नु दुःखद : सर्वोच्च अदालत प्रकाशित गरेका थियौं, जसको धम्कीपूर्ण भाषाप्रति नेपाल पत्रकार महासंघ, प्रेस युनियन र प्रेस संगठनले आपत्ति जनाएका छन्।

न्यायपालिका र न्यायाधीश मात्रै होइन अपुष्ट र गलत खबर प्रकाशित गरेर कोही कसैको पनि सम्मान र प्रतिष्ठामा आँच पुर्‍याउने हाम्रो मनशाय छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .