राजनीति

Tata MotorsTata Motors

अमेरिकाका राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउने तयारी, तुरुन्त राजीनामा दिन सुझाव


नेपालखबर
काठमाडौं, पुस २७

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने तयारी भइरहेको छ।

केही दिनअघि संसद् भवनभित्र भएको हुलदंगा उनैले गराएको आरोपमा ट्रम्पविरुद्ध डेमोक्र्याटिक सांसदले महाभियोग लगाउने तयारी गरिरहेका हुन्।

डेमोक्र्याटिक पार्टीका एक नेताले ट्रम्पविरुद्ध महाभियाेग प्रस्तावमा संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा मंगलबारसम्म मतदान हुन सक्ने बताएका छन्।

बीबीसीका अनुसार संसदीय दलका सचेतक जेम्स क्लाइबर्नले सीएनएनसँग महाभियोग प्रक्रिया यो साता सुरु हुन सक्ने जानकारी दिएका छन्।

प्रक्रिया अघि बढेमा ट्रम्प अमेरिकाको इतिहासमा दुईपटक महाभियोग सामना गर्ने पहिलो राष्ट्रपति हुनेछन्।

त्यसका लागि महाभियोग प्रस्ताव तल्लो संसद्‌ले पारित गर्नुपर्छ। त्यसपछि प्रक्रिया सिनेटमा जानेछ जहाँ राष्ट्रपतिलाई हटाउन दुईतिहाइ मत आवश्यक हुन्छ। 

नवनिर्वाचित राष्ट्रपति जाे बाइडेनले यही जनवरी २० तारिखका दिन सत्ता सम्हाल्दै छन्। उनै बाइडेनकाे जित उल्टाउन गरेकाे अदालती प्रयास सफल नभएपछि गत बुधबार संसद् भवनभित्र भएकाे हमला ट्रम्पले नै गराएकाे आराेप छ। 

बाइडेनकाे जित प्रमाणित गर्ने विषयमा सांसदबीच बहस भइरहेकै बेला ट्रम्पका समर्थकको एक हुल पसेर हिंसात्मक आक्रमण गरेकाे थियाे। जसमा परी एक प्रहरी अधिकारीसहित ५ जनाको मृत्यु भएको छ। 

बीबीसीका अनुसार तल्लो सदनका सांसद क्लाइबर्न भने ट्रम्पले सत्ता छाड्न अब ९ दिन मात्र बाँकी रहेकाले उनीविरुद्ध महाभियोग लगाउन र सुनुवाइ गर्न सम्भव नदेखिएको बताउँछन्।

यता रिपब्लिनका कतिपय सांसदले भने ट्रम्पलाई राष्ट्रपति पदबाट तुरुन्त राजीनामा दिएर महाभियाेगबाट बच्न सुझाव दिएका छन्।

दोस्रो रिपब्लिकन सिनेटर प्याट टुमीले आइतबार ट्रम्पलाई राजीनामा दिन आग्रह गरेका हुन्।

उनले भने, ‘मेरो विचारमा देशका निम्ति उत्तम बाटो भनेको राष्ट्रपतिले राजीनामा दिने र जतिसक्दो चाँडो अलग हुनु नै हो।’ 

पुस २७, २०७७, सोमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सन्तोष न्यौपाने
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Color