राजनीति


कांग्रेस प्रवक्ता शर्मा भन्छन् : ‘प्रश्न सोध्नेलाई होइन, दोषीलाई कारबाही गर्नुहोस्’

कांग्रेस प्रवक्ता शर्मा भन्छन् : ‘प्रश्न सोध्नेलाई होइन, दोषीलाई कारबाही गर्नुहोस्’

नेपालखबर
पुस २४, २०७७ शुक्रबार १४:२,

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने क्रममा धनगढीमा ‘निर्मला पन्तको बलात्कारी खै?’ भन्ने टिसर्ट लगाएका केही युवा पक्राउ परेपछि नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीसँग त्यही प्रश्न दोहोर्याएका छन्।

प्रहरी हिरासतमा रहेका युवाहरुको फोटो सेयर गर्दै शर्माले ट्वीट गरेका छन्, ‘प्रश्न गर्नेलाई होइन, @PM_Nepal दोषीलाई पक्राउ गर्नोस्। प्रश्नलाई निषेध लोकतन्त्र होइन स्टालिनवाद हो! साँच्चै ‘निर्मला पन्तको बलात्कारी खै’, प्रधानमन्त्रीज्यु?’

शुक्रबार प्रधानमन्त्री ओलीको जनसभामा कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका लागि न्याय माग्दै केही युवाहरु ‘निर्मला पन्तको बलात्कारी खै?’ र ‘निर्मलालाई न्याय दे’ लेखेको टि–सर्ट लगाएर उपस्थित भएका थिए।

यस्तो टिसर्ट लगाउने ६ जना युवाहरुलाई सशस्त्र प्रहरीले कार्यक्रमस्थलबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको थियो।

२०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो। बलात्कार र हत्या प्रकरणको अनुसन्धान हालसम्म चलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad