राजनीति


प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दाको बहस हेर्ने र सुन्ने यस्तो छ व्यवस्था

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दाको बहस हेर्ने र सुन्ने यस्तो छ व्यवस्था

नेपालखबर
पुस २२, २०७७ बुधबार ६:२९,

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथिको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ।

 बुधबार दिउँसो सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिटमाथिको बहस सुरु भएको हो।

सुनुवाइका लागि संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले यसअघिकै पाँच न्यायाधीशलाई निरन्तरता दिएका छन्।

बुधबार गठित संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबराका साथै न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेज बहादुर केसी छन्।

 प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विगठन गरेको मुद्दामा अव सर्वोच्चको निर्णय निर्णयक छ। यस्तोमा सर्वोच्चले के फैसला गर्छ भनेर यतिबेला सबैको ध्यान अदालततर्फ केन्द्रित भएको छ।

सर्वोच्चले बुधबार इजलासमा हुने बहस सुन्न र हेर्नका लागि विषेश व्यवस्था गरेको छ। सर्वोच्च अदालत परिसरको प्रतीक्षालयमा माइक जोडेर सुन्ने र नेपाल बार एसोसिएसन भित्रको हलमा इजलासको भिडिओ लाइभ हेर्न मिल्ने गरी व्यवस्था मिलाएको छ।

सर्वाधिक चाँसोको विषय भएको र धेरै व्यक्ति बहस सुन्न जाने भएका कारण हेर्न र सुन्नका लागि विशेष व्यवस्था मिलाएको अदालतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad