ad ad

राजनीति


राष्ट्रपति र प्रधानमन्त्रीलाई लक्षित गर्दै बाबुरामले भने :  कुपुत्र-कुपुत्रीले घरमै आगो लगाए!

राष्ट्रपति र प्रधानमन्त्रीलाई लक्षित गर्दै बाबुरामले भने :  कुपुत्र-कुपुत्रीले घरमै आगो लगाए!

नेपालखबर
पुस १९, २०७७ आइतबार ४:३३,

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले संसद् विघटन गर्नेलाई कुपुत्र-कुपुत्रीको संज्ञा दिएका छन्।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत् नेता भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले घरमा आगो लगाएको भन्दै त्यो आगो निभाउन सबैलाई आग्रह गरेका छन्।

‘एक आर्किटेक्टको अनुभूति : जिन्दगीभरको मेहनतले’संघीय लोकतान्त्रिक गणतन्त्र’ को घर बनाइयो, सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो,’ उनले ट्विटरमा लेखेका छन्, ‘केही कुपुत्र-कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए! केही सन्तान आगो निभाउनु सट्टा खरानीकोलागि दौडिदैछन्। छिमेकी रमिते! लौन आगो निभाऊॅ!’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .