राजनीति


प्रचण्ड-नेपालपक्षीय मन्त्रीहरुले सिंहदरबारबाट केहिबेरमा राजीनामा घोषणा गर्दैै

प्रचण्ड-नेपालपक्षीय मन्त्रीहरुले सिंहदरबारबाट केहिबेरमा राजीनामा घोषणा गर्दैै

नेपालखबर
पुस ५, २०७७ आइतबार ९:४०,

प्रधानमन्त्री केपी शर्मा ओलीले आजको मन्त्रिपरिषद् बैठकबाट प्रतिनिधि सभा विघटन गर्ने निर्णय गराएपछि मन्त्रीहरुले अहिले राजीनामा घोषणा गर्न लागेका छन्।

पुर्वमाओवादी खेमाबाट मन्त्री बनेका उर्जामन्त्री वर्षमान पुन, बनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानीमन्त्री विना मगरले राजीनामा दिन लागेका हुन्।

त्यसैगरी नेपाल पक्षबाट मन्त्री बनेका घनश्याम भुसाल र योगेश भट्टराई लगायतले पनि राजीनामा दिन लागेका छन्।

उनीहरुले अहिले सिंहदरबारको संसद सचिवालयको एक हलमा पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गर्न लागेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad