ad ad

राजनीति


पार्टीभित्रको विवादले संकटमा परेका प्रधानमन्त्री ओली प्रचण्ड भेट्न खुमलटार जाँदै

पार्टीभित्रको विवादले संकटमा परेका प्रधानमन्त्री ओली प्रचण्ड भेट्न खुमलटार जाँदै

नेपालखबर
पुस ४, २०७७ शनिबार ३:४३,

पार्टीभित्र जारी विवादका कारण संकटमा परेका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) बिहान कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटार जाने भएका छन्।

नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच हिजाे साँझ पनि बालुवाटारमा एक घण्टा भेटवार्ता भएकाे थियाे।

प्रधानमन्त्री निकट स्रोतका अनुसार दुई अध्यक्षबीचकाे भेटवार्ताले आज पनि निरन्तरता पाउने भएकाे हाे। 

आज भने प्रधानमन्त्री ओली छलफलका लागि प्रचण्डकै निवास खुमलटार जान लागेका हुन्। 

‘हिजो साँझ बालुवाटारमा भेट भएको थियो आज बालुवाटार बाहिर छलफल हुनेछ,' स्राेतले नेपालखबरसँग भन्याे। 

प्रचण्ड निकट स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड निवास खुमलटार आउने सूचना आएको छ। अहिले बिहान १० बजे प्रधानमन्त्री खुमलटार पुग्ने स्राेतले जनाएकाे छ।

याे पनि :  

बालुवाटारमा ओली प्रचण्डबीच एक घण्टा भेटवार्ता

प्रचण्ड-नेपाल समूहको भेलामा किन गएनन् वामदेव र नारायणकाजी?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .