ad ad

राजनीति


अविलम्ब संसद बैठक बोलाउन कांग्रेसको माग, २९ मंसिरमा देशब्यापी प्रदर्शन

अविलम्ब संसद बैठक बोलाउन कांग्रेसको माग, २९ मंसिरमा देशब्यापी प्रदर्शन

नेपालखबर
मंसिर १९, २०७७ शुक्रबार १३:३८,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अविलम्ब बोलाउन सरकार र सभामुखसमक्ष माग गर्ने भएको छ।

राष्ट्रिय रूपमा उठेका जीवन्त प्रश्नहरू संगै देश र जनताका ज्वलन्त विषयहरुमा छलफल गर्न संघीय संसदको बैठक बस्न अत्यावश्यक भएकोले बैठक माग गरिने सो दलले बताएको छ।

त्यसैगरी सो दलले सरकारविरुद्ध मंसिर २९ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन समेत गर्ने आज सो पार्टीले निर्णय गरेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।

‘तनहुँ जिल्लामा गत १७ गते सरकारले प्रस्तुत गरेको दमनकारी ब्यवहारलगायत देशको विभिन्न भागमा पटक–पटक सरकारबाट प्रस्तुत विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति तथा कोभिड—१९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता र अकर्मण्यता तथा स्वास्थ सामग्री खरिदमा गरिएको भ्रष्टाचार देखि अनेकन भ्रष्टाचार काण्ड र बेथिति विरुद्ध यहि मंसिर २९ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने,’ पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

आफ्नो गृहजिल्ला तनहुँ पुगेको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई निषेधाज्ञा उल्लंघन गरेको भनी सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि पार्टीले त्यसको चर्को विरोध गरेको छ।

यी विषयहरुमा कांग्रेसले निरन्तर सरकारलाई खबरदारी गरे पनि यी प्रवृत्तिहरु घट्नुको साटो बढिरहेका कारण यी निर्णय गरिएको सो पार्टीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .