एक अमेरिकी गुप्तचर अधिकारीले चिनियाँ एजेन्टले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको भावी सरकारका मानिसलाई प्रभावित पार्न खोजेको आरोप लगाएका छन्।
अमेरिकी राष्ट्रिय गुप्तचर कार्यालयका विलियम अवनिनाले भनेका छन्, ‘चिनियाँ एजेन्टले बाइडेनका टोलीका मानिसमा कडा नजर राखेका छन्।’
यस्तै अमेरिकी न्याय विभागका एक अधिकारीले हजार जनाभन्दा बढी संदिग्ध चिनियाँ एजेन्ट अमेरिकाबाट भागेकाे दाबी गरेका छन्।
उनले भने, ‘हामीले यस्तो प्रयास विस्तार भइरहेको देखेका छौं, जुन योजना पहिले तयार गरिएको थियो। हामीले यसअघि नै भविष्यवाणी गरेका थियौं कि चीनले बाइडेनको प्रशासनलाई प्रभावित पार्न आफ्नो अभियान पुनः सुरु गर्नेछ।’
उनले अगाडि भनेका छन्, ‘हाम्रो जोड केमा छ भने बाइडेनको नयाँ प्रशासनले यस्तो प्रभाव बुझ्न सकोस्।’
हालै अमेरिकामा सम्पन्न राष्ट्रपतिको चुनावका बेला जो बाइडेनले ह्वाइट हाउसलाई चीनबाट प्रभावित पार्न खोजेको आरोप लागेको थियो। डोनाल्ड ट्रम्पले पनि बाइडेन चीनसँग नजिकिएको आरोप लगाएका थिए। बीबीसी
Shares
प्रतिक्रिया