ad ad

राजनीति


बाइडेन भन्छन्ः चिनियाँ सामानमाथिको कर हट्दैन, सहयोगी मुलुकलाई एकै ठाउँ उभ्याउँछु

बाइडेन भन्छन्ः चिनियाँ सामानमाथिको कर हट्दैन, सहयोगी मुलुकलाई एकै ठाउँ उभ्याउँछु

नेपालखबर
मंसिर १७, २०७७ बुधबार १५:०,

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूले सत्ता सम्हालेपछि तत्काल चिनियाँ सामानमाथि डोनाल्ड ट्रम्पले लगाएका कर नहटाउने बताएका छन्।

उनले आफ्ना सहयोगी मुलुकहरुसँग मिलेर चीनसम्बन्धी रणनीति तयार गर्ने पनि बताए।

‘म तुरुन्तै कुनै कदम चाल्दिनँ। करको हकमा पनि त्यही कुरा लागू हुन्छ,’ द न्युयोर्क टाइम्ससँगको अन्तवार्तामा बाइडेनले भनेका छन्, ‘म आफ्ना विकल्प कम गर्न चाहन्नँ।’

ट्रम्पको कार्यकालमा अमेरिका–चीन सम्बन्ध तिक्त बन्दै गएको थियो। ट्रम्पले चीनसँगको व्यापार घाटा बढेको भन्दै चिनियाँ सामानमा २५ प्रतिशतसम्म कर लगाएका छन्। जसले दुई मुलुकबीच व्यापार युद्ध सुरु भएको थियो।

प्रविधि, सैन्य शक्तिमा समेत प्रतिस्पर्धा बढ्दै जाँदा विश्वका यी दुई ठूला अर्थतन्त्रबीच शीतयुद्ध सुरु भएको विश्लेषण पनि कतिपयले गरेका थिए।

बाइडेनको जितले अमेरिका र चीनबीचको तनाव कम गर्ने कतिपयको अपेक्षा थियो। तर, बाइडेनले चीनसँगको सम्बन्ध तत्काल सुधार नहुने संकेत गरेका छन्।

‘मेरो विचारमा चीनप्रतिको सबैभन्दा उत्तम रणनीति भनेको हाम्रा सबै सहयोगी मुलुकलाई एकै ठाउँमा उभ्याउनु हो। मेरो कार्यकालको सुरुको प्राथमिकता यही हुनेछ,’ बाइडेनले भनेका छन्।

उनले ठूलो मात्रामा अमेरिकामा लगानी भित्र्याउने पनि बताए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .