राजनीति


जनताले चोक–चोकमा सुन्दै आएको भ्रष्टाचारको कुरा ट्रान्सपरेन्सी इन्टरनेसनलले पुष्टि गरिदियो : प्रकाशमान

जनताले चोक–चोकमा सुन्दै आएको भ्रष्टाचारको कुरा ट्रान्सपरेन्सी इन्टरनेसनलले पुष्टि गरिदियो : प्रकाशमान

नेपालखबर
मंसिर १३, २०७७ शनिबार ६:३१,

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तत्काल संसद अधिवेशन बोलाउन माग गरेका छन्।

संसद बैठक बस्न नसक्दा जनप्रतिनिधिहरुले जनताका समस्या सरकारसमक्ष पुर्याउन नसकेको उनको भनाइ छ।

काठमाडौंको नागार्जुन नगरपालिकाले सुरु गरेको अग्नि समन यन्त्र वितरण कार्यक्रमलाई शनिबार बिहान सम्बोधन गर्दै नेता सिंहले जनातका आवाज सुन्नका लागि चाँडै संसद अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेका हुन्।

‘बजेट सेसन अपर्झट, विधि प्रक्रिया पूरा नगरिकन स्थगित गरियो’, नेता सिंहले भने, ‘अब संसदको सेसन यो सरकारले चाँडै नै आह्वान गर्नेतिर लाग्नुपर्छ।’

जनप्रतिनिधिहरुले जनताका दुःख दर्दहरु र सरकारले गर्न नसकेका कामहरु संसदमा उठाएर सरकारलाई काम गर्न बाध्य बनाउनतिर लाग्नुपर्ने उनले बताए। नेता सिंहले तत्काल उपसभामुख चयन गर्नुपर्ने र संवैधानिक आयोगहरुलाई पूर्णता दिनुपर्ने पनि बताए।

ट्रान्सपरेन्सी इन्टनेसनलले सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी रिपोर्टको चर्चा गर्दै नेता सिंहले वर्तमान सरकार भ्रष्ट भएको बताए।

‘बसमा, घरमा, पार्कमा, सार्वजनिक स्थानमा जनताले भन्दै आएको कुरालाई ट्रान्सपरेन्सी इन्टनेसनलले त पुष्टि गरिदिएको छ। प्रधानमन्त्री नै भ्रष्टाचारमा संलग्न भएको र भ्रष्टाचारलाई संरक्षण गरेको भनेर रिपोर्ट आएको छ,’ उनले भने।

‘यो कुरा ट्रान्सपरेन्सी इन्टनेसनलले मात्र होइन, जनताले मात्र होइन, प्रमुख प्रतिपक्षी दल कांग्रेसले मात्र बोलिरहेको होइन, नेकपाको एउटा अध्यक्षले अर्को अध्यक्षलाई भ्रष्टाचार गरेको चार्ज लगाउनु भएको छ,’ नेता सिंहले भने, ‘त्यसबाट के देखिन्छ त भन्दा उहाँहरुकै पार्टीकै नेताहरुले सरकारमा करप्सन बढिरहेको भनिरहेकाले यो सरकारले होइन भनेर हुन्छ?’

कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले आपसी खिचातानीमा अल्झिने र देशलाई दुर्गतितिर धकेल्ने काम नगर्न पार्टीका नेताहरुलाई आग्रह गरे।

कार्यक्रममा नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतले छिटो नेपाली कांग्रेसको महाधिवेशन गरी योग्य र सक्षम नेतृत्व चयन गर्नुपर्ने बताए।

कार्यक्रममा प्रदेशसभा सदस्य प्रकाश श्रेष्ठले पनि मन्तव्य राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .