संघीय प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य स्याङ्जाका मोहन प्रसाद पाण्डेलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्।
सभामुख सापकोटाले आज संघीय संसद सचिवालय सिंहदरबारमा पाण्डेलाई सांसद पदको शपथग्रहण गराएको सचिवालयले जनाएको छ।
प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि खाली भएको स्थानमा पाण्डेलाई नियुक्ति दिइएको हो।
नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य ६३ वर्षीय केसीको गत कात्तिक १७ गते निधन भएपछि संघीय संसदको एक समानुपातिक सिट रिक्त रहेको थियो।
स्याङ्जा बिर्घाका बासिन्दा पाण्डे यसअघि पहिलो संविधानसभामा पनि सदस्य थिए।
3
Shares
प्रतिक्रिया