अध्यक्षद्वयले विभाग र आयोगको टुंगो लगाएपछि त्यसलाई औपचारिकता दिन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ।
सोमबार दिउँसो साढे ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालयको बैठक सुरु भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले बैठक सुरु भएको जानकारी दिए।
स्कुल विभागमा टुंगो नलागेका कारण यसअघि सचिवालयको बैठक पटक पटक स्थगित हुँदै आएको थियो।
सो विभागमा पूर्वमाओवादीका नारायणकाजी श्रेष्ठ, पूर्व एमालेका ईश्वर पोखरेल, घनश्याम भुसालले दावी गर्दै आएका छन्।
दुवै समूहले दावी गरेपछि अन्ततः अध्यक्षले नै स्कुल विभाग राख्ने सहमतिपछि सचिवालयको बैठक सुरु भएको हो।
विभाग र आयोगको पठाउनेको नाम टुंगो लागेपछि सचिवालयको बैठक बस्न लागेको नेकपाका एक नेताले नेपालखबरलाई बताए।
जनवर्गीय संगठनको इन्चार्ज र सहइन्चार्ज भने अर्को बैठकमा टुंगो लगाइने बताइएको छ।
Shares
प्रतिक्रिया