राजनीति


नेकपा विवाद : बालुवाटारको ‘वेटिङ रुम’मा बसेर फर्किए कार्यदलका सदस्य

नेकपा विवाद : बालुवाटारको ‘वेटिङ रुम’मा बसेर फर्किए कार्यदलका सदस्य

नेपालखबर
कात्तिक २४, २०७७ सोमबार १०:११,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधान गर्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि गएका विवाद समाधान कार्यदलका सदस्यहरु छलफल नै नगरी फर्किएका छन्।

सोमबार मध्याह्न प्रधानमन्त्री ओलीसंँग पार्टीभित्रको गतिरोध अन्त्य गर्न के समस्या परेको हो भनेर सोध्न गएका उनीहरु त्यतिकै फर्किएको स्थायी समिति सदस्य भीम रावलले जानकारी दिए।

‘आज प्रधानमन्त्रीसंँग भेट गरेर भदौ २६ को निर्णय कार्यान्वयनमा कहाँ समस्या परेको हो भन्ने विषयमा छलफल गर्न बालुवाटार गएका थियौँ’, रावलले नेपालखबरसँग भने, ‘तर कार्यदलमा रहेका जनार्दन शर्मा र पम्फा भुसाल आउनुभएन अनि प्रधानमन्त्रीलाई भेट नगरी फर्कियौँ।’

यो पनि –
प्रधानमन्त्री ओलीले बोलाए महासचिव पौडेल नेतृत्वको कार्यदलका सदस्यहरुलाई

पार्टीका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच जारी शक्तिसंंघर्ष चर्किएको बेला त्यसलार्इ मथ्थर गराउन नेताहरूले सक्रियता देखाएका थिए।

विघटन भएको सोही कार्यदलले नै प्रधानमन्त्रीसँग भेटेर छलफल गर्ने तय गरेको थियो। सोमबार महासचिव विष्णु पौडेलले अध्यक्ष प्रचण्डलाई खुमलटार पुगेर भेट गरेका थिए। पार्टीमा विवाद हुँदा साउन ३० गते महासचिव पौडेलको नेतृत्वमा विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन गरिएको थियो।

सोमबार पौडेलले कार्यदलका सदस्यसहित प्रधानमन्त्री ओलीसँग छ्लफल गर्ने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad