ad ad

राजनीति


अमेरिकी राष्ट्रपतीय निर्वाचनः नयाँ जनमत सर्वेक्षणमा ट्रम्पभन्दा बाइडेन अगाडि

अमेरिकी राष्ट्रपतीय निर्वाचनः नयाँ जनमत सर्वेक्षणमा ट्रम्पभन्दा बाइडेन अगाडि

नेपालखबर
कात्तिक १३, २०७७ बिहिबार ८:५३,

बुधबार सार्वजनिक भएको पछिल्लो राष्ट्रव्यापी मत सर्वेक्षणमा बाइडेनले ५४ प्रतिशत र राष्ट्रपति ट्रम्पले ४२ प्रतिशत मत प्राप्त गर्नेछन्।

पछिल्ला राष्ट्रपति निर्वाचनहरुमा भन्दा यसपटक सबैभन्दा बढी मतान्तर देखिएको छ।

सन् २०१६ को राष्ट्रपति निर्वाचनमा ट्रम्पसँग पराजित हिलारी क्लिन्टनले प्राप्त गरेको मतभन्दा अहिले बाइडेनले धेरै मत प्राप्त गर्नेछन् र दुबै उम्मेदवारबीचको मतान्तर अझ बढ्दै गएको छ।

गत वर्षदेखि नै सीएनएनले गरेका हरेक मतसर्वेक्षणमा बाइडेनले नै अग्रता बनाइरहेका छन्।

विगतमा रिपब्लिकन पार्टीतर्फ झुकाव राख्ने कैयौं मतदाताले यसपटक बाइडेनलाई समर्थन गर्न थालेको पनि सर्वेक्षणमा उल्लेख छ। महिला मतदातामध्ये बाइडेनलाई मतदान गर्नेको संख्या ६७ र ट्रम्पलाई मतदान गर्ने ३७ प्रतिशत रहेका छन् भने गैर–अश्वेत मतदाताबीच पनि ७१–२४ प्रतिशतको मतान्तर छ।

राष्ट्रपति ट्रम्पलाई स्वीकारोक्ती दर ४२ प्रतिशत छ भने ५५ प्रतिशतले उनका कार्यशैलीलाई रुचाएका छैनन् ।

अमेरिकामा यही नोभेम्बर ३ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .