ad ad

कारोबार


ग्रामिण कृषि तथा रोजगारी वृद्धिका लागि विश्व बैंकको ८० मिलियन डलर सहयोग

ग्रामिण कृषि तथा रोजगारी वृद्धिका लागि विश्व बैंकको ८० मिलियन डलर सहयोग

नेपालखबर
कात्तिक १३, २०७७ बिहिबार ९:१५,

ग्रामिण कृषि व्यवसाय तथा रोजगारी वृद्धिका लागि विश्वबैंकले नेपाललाई ८० मिलियन डलर सहयोग गर्ने भएको छ।

कोरोना महामारीबाट परेको असर न्युनिकरण गरी नेपालको कृषि क्षेत्रको विकासका लागि ग्रामीण उद्यम र आर्थिक विकासका यस्तो रकम प्रदान गर्न लागिएको हो।

विश्वबैंकले कोभिड १९ पछिको पुनःरुत्थान तथा रोजगारी सिर्जना गर्न सहयोग पुग्ने उल्लेख गरेको छ।

‘यो परियोजना नेपाल सरकार र निजी क्षेत्रसँगै मिलेर कृषी क्षेत्रमा नेपाल ब्राण्ड विश्वभर चिनाउने अवसर हो,’ विश्वबैंकका नेपाल,श्रीलंका तथा माल्दिभ्सका काउन्ट्री डाइरेक्टर फरिस हडाड जेरभोसले भने ‘यो प्रोजेक्टले नेपालको कफि, चिया, फलफुल तथ औषधिजन्य वस्तुको विकास तथा कोभिड १९ पछिको पुनःस्थापनामा सहयोग पुग्ने छ।’

विश्व बैंकबाट प्राप्त सो सहयोगले प्रदेश १, २, बाग्मती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका ५ आर्थिक करिडोरमा प्राथमिकता पाउने छ। यस्तो परियोजनाले उत्पादकत्व बढाउन पालिकामा कृषि केन्द्र स्थापना गर्न सहयोग पुग्ने छ। कोभिड १९ का कारण बजार चेन टुटेकोलाई पुनर्स्थापना गर्न समेत सहयोग पुग्ने विश्वबैंकले जनाएको छ।

विश्व बैंकले नेपालमा २४ वटा परियोजना संचालनका लागि ३ अर्ब अमेरिकी डलर बराबरको सहयोग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .